शेखर–गगन समूहको भेला : को–को भए सहभागि ?-Sutra News

शेखर–गगन समूहको भेला : को–को भए सहभागि ?

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला सुरु भएको छ । पार्टी केन्द्रीय कार्यसमिति बैठकको पूर्वसन्ध्यामा नेता शेखर कोइरालाको सम्पर्क कार्यालयमा समूहको भेला बसेको हो ।

बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेलामा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय कार्यसमिति सदस्य डा. मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडुलगायतका नेताहरु सहभागि छन् ।

भेलामा सहभागि हुन गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, चितवनका नेता दिनेश कोइराला लगायतको पनि उपस्थिति छ ।

तर, शेखर–गगनको भेलामा निम्ता दिइएको भएपनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले भने सहभागि हुन अस्वीकार गरे ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज ४ मा बस्दैछ । जसबारे आफ्नो मत बनाउन शेखर–गगन समूहले भेला डाकेका हुन् ।

समूहले पछिल्लो समय पार्टीभित्र पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्ने र बाहिर सरकार नेतृत्व परिवर्तन गर्ने अभियान चलाएको छ । जसले कांग्रेसभित्र द्वन्द्वको अवस्था पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट