पार्टी विभाजनको दुई वर्षपछि एमाले मुख्यालय पुगे झलनाथ-Sutra News

पार्टी विभाजनको दुई वर्षपछि एमाले मुख्यालय पुगे झलनाथ

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । पार्टी विभाजनको दुई वर्षपछि नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । मंगलबार दिवंगत एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रममा सहभागि हुन् उनी च्यासल पुगेका हुन् ।



पार्टी विभाजनको बेलामा एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा थियो । त्यसयता कार्यालय थापाथलीपछि ललितपुरको च्यासलमा सरेको छ ।

पार्टी विभाजनको लामो समयसम्म पनि एमालेले एकीकृत समाजवादीलाई मान्यता दिएको थिएन । विभिन्न दललाई आमन्त्रण गरिने कार्यक्रममा पनि एकीकृत समाजवादीलाई छुट्याउने गरिएको थियो । उपाध्यक्ष नेम्वाङको निधनपछि एमालेले एकीकृत समाजवादीलाई सम्झिएको हो ।

मंगलबारको स्मृति सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ सँगसँगै थिए ।

स्मृति सभामा बोल्दै नेता खनालले कम्युनिष्टहरु मिल्नुको विकल्प नरहेको बताएका छन् । उनले नेम्वाङको सपना पनि कम्युनिष्टहरु मिल्नुपर्ने रहेको उल्लेख गरेका छन् ।

खनाल र नेम्वाङ्गको गृहजिल्ला एउटै हो । झण्डै पाँच दशकदेखि दुई नेताबीच निकटताको सम्बन्ध रहँदै आएको थियो । तर, पार्टी विभाजनसँगै दुई नेता अलग भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट