कोशीमा पहिचानधारीको फेरि प्रदर्शन-Sutra News

कोशीमा पहिचानधारीको फेरि प्रदर्शन

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं। कोशी प्रदेशको नामकरणसँग असन्तुष्ट पक्षले मंगलबारदेखि पुनस् विराटनगरमा आन्दोलन सुरु गरेका छन्।



मंगलबार सुनसरीको इटहरीदेखि मोटरसाइकल र्‍यालीसहित विराटनगर आएका पहिचान पक्षधरहरूले विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले कोशी नाम खारेज गर्नुपर्ने माग गर्नुका साथै मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा पनि माग गरेका छन्।

कार्कीकै नेतृत्वको सरकारले गत १७ फागुन २०७९ मा प्रदेशको नाम कोशी नामकरण गरेको थियो।

पहिचानसहितको नाम राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक तथा सामाजिक संस्थाले कोशी नाम खारेज गर्न माग गर्दै आएका छन्।

उनीहरुले मंगलबारदेखि प्रदर्शन गर्ने जानकारी पाएपछि सोमबार जिल्ला प्रशासन कार्यालय मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रदेशसभालगायत प्रमुख प्रशुसनिक निकायबाहिर प्रदर्शनमा २ महिनासम्मका लागि रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट