काभ्रेको मण्डनदेउपुर नगरपालिकाले दियो कर्मचारीलाई ‘थकाइ बिदा’-Sutra News

काभ्रेको मण्डनदेउपुर नगरपालिकाले दियो कर्मचारीलाई ‘थकाइ बिदा’

बुधबार, ३ असोज २०८०

बुधबार, ३ असोज २०८०

काठमाडौँ। काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ ।



संविधान दिवसको अवसरमा नगरपालिकाको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गर्ने कार्यका लागि कर्मचारी र जनप्रतिनिधिहरू लगातार तीन दिन खटिएपछि थकित भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

‘तीन दिनदेखि लगातार व्यवस्थापन गर्ने काममा खटिँदा सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू थकित भएका कारण बिहीबार नगरपालिकाको कार्यालय, यस अन्तर्गतका कार्यालयहरू, विद्यालयलगायत सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरूलाई बिदा गरिएको छ,’ नगरपालिकाको सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट