

काठमाडौँ। यू-१९ साफ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १-० ले पराजित भएको हो ।
७६औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता लियो। अलि जफरले लामो दुरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो।
अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो। थपिएको समयको पहिलो मिनेटमा आयुष तिम्सिनाको लामो दूरीको प्रहार नै नेपालको बराबरी गर्ने एकमात्र अवसर रहन पुग्यो।