भियतनामसँग हारेको नेपाली टिम विश्वकप खेलेको जापानसँग कति सहज?-Sutra News

भियतनामसँग हारेको नेपाली टिम विश्वकप खेलेको जापानसँग कति सहज?

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं। एसियन गेम्सको महिला फुटबलमा नेपालको राष्ट्रिय महिला टिम भियतनामसँग पराजित भएको छ।



शुक्रबार समूह डीको खेलमा नेपाली महिला टिम भियतनामसँग २–० ले पराजित बनेको हो ।

खेलको ५३ औं मिनेटमा फाम हाइको गोलमार्फत भियतनामले खेलमा अग्रता बनाएको थियो । गुयेनले ६४ औं मिनेटमा गोल गर्दै भियतनामलाई २–० को जित दिलाईन् ।

आजको खेलमा नेपालले बढी गल्ती गरेकै कारण पराजीत हुन पुग्यो। सुरुवाती समयमा दबदबमा राख्न खोजेपनि मध्यान्हपछिको खेल भियतनामको कब्जामा गयो।

आज पराजीत भएसँगै नेपालले अबको खेल कसरी सामना गर्ला भन्ने प्रश्न तेर्सिएको छ। अबको खेल पूर्व विश्वकप विजेता एवं यसपटकको समेत विश्वकप खेलेको टिम जापानसँग छ।

कमजोर नेपाली टिमले जापानसँग खेल्न धेरै संघर्ष गर्नुपर्ने हुन्छ। आजको खेलबाट निराश नेपालले जापानसँग हारेमा घर फर्किनुपर्ने हुन्छ। जापानसँग हारेमा पनि नेपालले समूह चरण बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

जित सहित समूह डीमा भियतनामले ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट