आज मिति २०८० साल असोज ६ गते शनिबार । तदनुसार सेप्टेम्बर महीनाको २३ तारीख २०२३ भदौ शुक्ल पक्ष नवमी तिथी आज बिहान ५ बजेर ५२ मिनेट जादा काठमाडाै उपत्यकामा झुल्किएको घाम भरे साझ ५ बजेर ५९ अस्ताउने छ ।
कुन राशीकाे दिन कस्ताे ?
मेष
स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।
वृष
स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।
मिथुन
व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ।
कर्कट
रोकिएका काम बन्नाले दिउँसोदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ। पेसा–व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ।
सिंह
पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ। आम्दानीका स्रोत बढ्नेछन्।
कन्या
तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ। अरूको विवाद मिलाउन अघि नसर्नुहोला।
तुला
व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।
वृश्चिक
वादविवादमा परिने सम्भावना देखिएकाले कम बोल्नु राम्रो हुनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।
धनु
केही अवसर प्राप्त हुनेछन् तर काम रोकिन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।
मकर
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर दिउँसोदेखि आर्थिक समस्याले अलि दुस्ख पाइनेछ। खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सानो काममा बढी रकम बाहिरिन सक्छ।
कुम्भ
अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ।
मीन
विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।