आजको मौसम, कहाँको कस्तो ?-Sutra News

आजको मौसम, कहाँको कस्तो ?

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडाैं । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि छ । साथै भारतको दक्षिण–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।



हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

उनका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

काठमाडौँमा आज अपराह्नपछि मेघगर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको र अहिले काठमाडौँको तापक्रम २१ डिग्री सेन्टिग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् प्राधानाङ्गाले बताए । आज काठमाडौंमा अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भवना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी आज राति कोशी र मधेस प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट