बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड, यस्ताे छ भ्रमणकाे कार्यक्रम-Sutra News

बेइजिङ पुगे प्रधानमन्त्री प्रचण्ड, यस्ताे छ भ्रमणकाे कार्यक्रम

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०

काठमाडाैं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ पुगेका छन् । चीनको औपचारिक भ्रमणका लागि शनिबार हाङ्जाउ पुगेका प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन् ।



प्रधानमन्त्री प्रचण्डले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासंघ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् ।

उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री दाहाल र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आज बेइजिङमा रात्रिभोजको आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट