प्रिमियर लिग : वेस्ट ह्याममाथि लिभरपुलको सानदार जित-Sutra News

प्रिमियर लिग : वेस्ट ह्याममाथि लिभरपुलको सानदार जित

आइतबार, ७ असोज २०८०

आइतबार, ७ असोज २०८०
LIVERPOOL, ENGLAND - SEPTEMBER 24: Darwin Nunez of Liverpool scores the team's second goal during the Premier League match between Liverpool FC and West Ham United at Anfield on September 24, 2023 in Liverpool, England. (Photo by Matt McNulty/Getty Images)

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्याममाथि शानदार जित निकालेको छ । आईतबार एनफिल्डमा लिभरपुलले वेस्ट ह्याममाथि ३–१ को जित निकालेको हो ।



खेलको १६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । पाहुना टोलीका जारोड बोबेनले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

नुनेजले ६० औं मिनेटमा लिभरपुलको अग्रता २–१ को बनाए । खेल सकिन ५ मिनेट अघि जोटाले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

लिभरपुलले आफ्नो अपराजित यात्रालाई १८ खेलसम्म पुर्याएको छ । जित सहित लिभरपुलले ६ खेलबाट १६ अंक बनाएको छ । वेस्ट ह्यामको १० अंक छ ।

अर्को खेलमा घरेलु मैदानमा आर्सनलले टोटेनहमसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।

खेलको २६ औं मिनेटमा रोमेरोको आत्मघाति गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो । टोटेनहमका कप्तान सन ह्युङ मिनले ४२ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफमा बुकायो साकाले पेनाल्टीमार्फत पुन आर्सनललाई अघि बढाएका थिए । लगत्तै कप्तान मिनले टोटेनहमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीसँगै आर्सनल र टोटेनहमले ६ खेलबाट समान १४ अंक जोडको छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट