बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’-Sutra News

बेइजिङमा प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

सोमबार, ८ असोज २०८०

सोमबार, ८ असोज २०८०

बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ समकक्षी ली छ्याङले भव्य स्वागत गरेका छन्।



प्रचण्डकाे सम्मान स्वरूप समकक्षी लीले उनलाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले साेमबार ‘गार्ड अफ अनर’ प्रदान गरेको हाे ।

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङ पनि सहभागी थिए।

त्यसअघि प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दि पिपलमा स्वागत गरेका थिए ।

अहिले नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता चलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट