अन्ततः पारसले फकाए सन्दीपलाई, आज चीन जाने-Sutra News

अन्ततः पारसले फकाए सन्दीपलाई, आज चीन जाने

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन। एसियन गेम्स खेल्न उनी आज साढे १२ बजे चीनतर्फ प्रस्थान गर्ने भएका हुन्।



नेपाली क्रिकेट टीम भने एसियाड खेल्न तीन दिनअघि नै भइसकेको छ । सन्दीप आफ्नो मुद्दाको पेशीका कारण रोकिनुपरेको थियो।

उनले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप खेल्न नसक्ने जनाउ नेपाल क्रिकेट संघलाई गराएका थिए। तर, हिजै बेलुकी संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीपको यात्रा निश्चित भएको हो।

भेटमा पारसलाई हत्तोसाहित नहुन र खेलमा ध्यान दिन अनुरोध गरेका थिए। सन्दीपले पारसको कुरा मानेसँगै आज चीन जाने यात्रा तय भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट