‘डाक्टर कुटेर आएँ’ भन्ने कास्की प्रहरीका इन्स्पेक्टर श्रेष्ठ निलम्बित-Sutra News

‘डाक्टर कुटेर आएँ’ भन्ने कास्की प्रहरीका इन्स्पेक्टर श्रेष्ठ निलम्बित

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । चिकित्सकमाथि कुटपिट गरेको भन्दै खुलेआम स्वीकार गर्ने कास्की प्रहरीका इन्स्पेक्टर मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।



उपचारका लागि भर्ना भएका बिरामीको मृत्यु भएपछि आफन्तहरुको आन्दोलनका कारण उत्पन्न स्थिति नियन्त्रणमा लिन घटनास्थल पुगेका इन्सपेक्टर श्रेष्ठले विवादित अभिव्यक्ति दिएका थिए।

इन्स्पेक्टर श्रेष्ठले भीडकै बीचमा ‘डाक्टरलाई कुटेर आएँ’ अभिव्यक्ति दिएका थिए ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङले  श्रेष्ठलाई अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएका छन् । उक्त प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि हेडक्वार्टर तानिएको उनले जनाएका छन् ।

साथै, उक्त प्रकरणमा थप अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समितिसमेत गठन गरिएको छ ।

श्रेष्ठको उक्त अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएकाे छ । हाल देशैभरका चिकित्सकहरू आन्दाेलित छन् । अस्पतालका सेवा प्रभावित भएका छन् । यस्ताेमा प्रहरीले छानबिन र कारबाही प्रक्रियालाई अगाडि बढाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट