

काठमाडाैं । छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिब्बतस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल मानसरोवर पुगेका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको हाे ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए। उनी शनिबार चीनको छेन्दुबाट काठमाडौं फर्कने कार्यतालिका छ।