भरतपुरलाई हरियाली बनाउन रेनु दाहालको अभियान : टोलदेखि सुरु गरियो वृक्षारोपण-Sutra News

भरतपुरलाई हरियाली बनाउन रेनु दाहालको अभियान : टोलदेखि सुरु गरियो वृक्षारोपण

शुक्रबार, १२ असोज २०८०

शुक्रबार, १२ असोज २०८०

भरतपुर । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि काम अघि बढाइएको हो ।



महानगरपालिकाले सन् २०२४ लाई ‘भरतपुर भ्रमण वर्ष’का रूपमा मनाउन लागेको छ । यसको तयारीका लागि सबै वडाहरूमा वृक्षारोपण गरेर हरियाली महानगर बनाइँदै छ । गत महिनाबाट हरेक महिनाको दोस्रो र चौथो शुक्रबार बिहान बृहत् सरसफाइसँगै वृक्षरोपण गर्न थालिएको छ । यसका अतिरिक्त वडा र टोलमा पनि वृक्षरोपण भइरहेको छ ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालले हरियाली प्रर्वद्धन र सरसफाइ अभियानलाई टोल तहदेखि सुरु गरिएको जानकारी दिइन् । अभियानअन्तर्गत एक लाख बढी विरुवा रोप्ने योजना बनाइएको उनले बताइन् । “हरियाली प्रवद्र्धन र सरसफाइ अभियानअन्तर्गत यही वर्षमा एक लाख बढी बिरुवा रोप्ने योजना रहेको छ”, उनले भनेकी छिन्, “कार्यक्रम टोल तहदेखि सुरु गरिन्छ ।”

वडा तहले १६ मिटरभन्दा साँघुरा सडकमा वृक्षरोपण गर्ने, सरसफाइ गर्ने छन् । सोभन्दा फराकिला सडकमा महानगरले वृक्षरोपण र सरसफाइ गर्ने गरी अभियान सञ्चालनमा ल्याइएको उनले बताइन् ।

हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत विभिन्न जातका बोटबिरुवा रोपिने छ। यसको संरक्षण स्थानीय र महानगरले गर्ने गरी वृक्षरोपण गर्न लागिएको दाहालले बताइन् ।

हरियाली प्रवर्द्धनअन्तर्गत सडक मापदण्ड, यातायातको चाप र यात्रुको चापलाई मध्यनजर गरेर बिरुवाको जात छनोट गरिने छ । वृक्षरोपण र सरसफाइ अभियानमा महानगरले सबै सरकारी निकाय तथा स्थानीय नागरिकलाई पनि जोडेको छ । महानगरपालिकाले जनाएअनुसार हरियाली अभियानका लागि पाँच करोड रकम विनियोजन गरी काम बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट