

काठमाडौँ। नेपाल मेडिकल काउन्सिले गत असोज १० गतेदेखि १२ गते सम्म लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन्।
काउन्सिलले आइतबार सूचना जारी गर्दै ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ १४ सय ९१ र डेण्टलतर्फ ३२० गरी १८ सय ११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ जना उर्तिण भएको जनाएको छ ।
यो नतिजा समग्रमा ४६ प्रतिशत रहेको पनि काउन्सिलले जनाएको छ । त्यस्तै यसअघि जेठ १७ देखि १९ सम्म सञ्चालन भएको ६६ औं परीक्षामा ३८ दशमलव ३९ प्रतिशत परीक्षार्थी उतिर्ण भएको काउन्सिलले जनाएको छ ।