

काठमाडौँ। विवेक ओझाको उपन्यास ऐँठनले २०७९ सालको मदन पुरस्कार प्रदान गर्ने निर्णय भएको छ।
आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो।
मदन पुरस्कारका लागि सुविन भट्टराईको इजोरिया, द्वारिकानाथ ढुंगेलको चक्रब्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा र सञ्जय विष्टको माटाको घर पनि छनोट भएका थिए।
यस्तै गुठीले जगदम्बा श्री पुरस्कार टेकवीर मुखियालाई दिने निर्णय भएको छ।