नयाँ ठेक्का लिन नपाउने गरी कारबाहीमा परे २० कम्पनी (सूचीसहित)-Sutra News

नयाँ ठेक्का लिन नपाउने गरी कारबाहीमा परे २० कम्पनी (सूचीसहित)

मंगलबार, १६ असोज २०८०

मंगलबार, १६ असोज २०८०

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको छ। काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले नयाँ ठेक्का लिन नपाउने गरी कालोसूचीमा राखेको हो ।



कार्यालयले जनाएअनुसार कतिपयलाई एक वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ भने कतिपयलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन् ।

तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको एम/एस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको एम/एस शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको एम/एस सुनौला खिम्ती कन्सट्रक्सन छन् ।

यस्तै,शिवालय बिल्डर्स, स्काई/वाइवा एण्ड लामा/जानकी जेभी, नागार्जुन/शंकरमाली जेभीलाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट