

काठमाडौं । बझाङको तलकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्प गएकाे हाे ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको थियो ।
बझाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का देशभर महसुस गरिएको छ ।
भूकम्पले कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । तथापी केन्द्रबिन्दु परेको क्षेत्रमा थुप्रै घर भत्किएको बताइएको छ ।