

काठमाडौं। भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पूर्व सभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान लिएको छ।
सीआईबीको उच्च स्रोतले दिएको जानकारी अनुसार सोमबार साँझ महराको पौने सातदेखि साढे सात बजेसम्म ४५ मिनेट बयान लिइएको हो।
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा यसअघि सीआईबीले महराका छोरा राहुल महरा सीआईबीको नियन्त्रणमा लिएको थियो।
उक्त प्रकरणमा संलग्न चिनियाँ नागरिकसँग महराको फोन सम्पर्क देखिएकाले महराको बयान लिइएको सीआईबीको उच्च स्रोतले जानकारी दियो।
फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते भित्रिएको भेपमार्फत् ९ किलो सुन बाहिरिएको थियो।