दुर्गा प्रसाईंमाथि दुर्व्यवहार, कालोमोसो दलियो-Sutra News

दुर्गा प्रसाईंमाथि दुर्व्यवहार, कालोमोसो दलियो

सोमबार, २२ असोज २०८०

सोमबार, २२ असोज २०८०

काठमाडौं । विवादास्पद अभिव्यक्तिका कारण चर्चा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा दुव्र्यवहार भएको छ । काठमाडौंस्थित एल्लोप्यागोडा होटल अगाडि उनीमाथि केही युवाहरुले दुव्र्यवहार गरेका हुन् ।



होटलबाट बाहिरिने क्रममा उनीमाथि दुव्यर्वहार भएको थियो । सार्वजनिक भिडियोमा प्रसाईंमाथि कालोमोसो दलेको देखिन्छ भने उनको कपडा पनि च्यातिएको देखिन्छ ।

प्रसाईंमाथि कसले किन कालो दल्यो भन्ने कुरा भने खुलिसकेको छैन। जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रसाईंले पछिल्लो राजसंस्थाको पक्षमा वकालत गर्दै आएका छन् । उनले बैंक तथा वित्तीय संस्था र विभिन्न व्यवसायीक घरानाविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् ।

प्रसाईं स्वयम्ले गत फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर कालोमोसो दस्ता नै तयार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट