इजरायलको युद्धभूमिबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो, स्वदेश फर्काउन दुई विमान तयार-Sutra News

इजरायलको युद्धभूमिबाट ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो, स्वदेश फर्काउन दुई विमान तयार

मंगलबार, २३ असोज २०८०

मंगलबार, २३ असोज २०८०

काठमाडौं । इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेका ५५ नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले जनाएअनुसार सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको हो ।



इजरालयको उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका अन्य नेपालीलाई पनि सुरक्षित स्थानमा लगिएको उनले जानकारी दिएका छन् । मंगलबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा इजरायलको अवस्थाबारे जानकारी गराउँदै मन्त्री साउदले सबैजसो नेपालीलाई सुरक्षित स्थानमा लैजान पहल गरिरहेको बताए ।

उनका अनुसार स्वदेश फर्किन चाहनेलाई स्वदेश फर्काउने कार्यको पनि प्रारम्भ गरिएको छ । मन्त्री साउदले जनाएअनुसार सरकारले स्वदेश फर्कनका लागि गरेको आह्वानमा हालसम्म दुई सय जना बढीले आवेदन दिएका छन् । आवेदन दिएकाहरुलाई स्वदेश फर्काउन सरकारले दुई वटा विमान तयारी अवस्थामा राखेको पनि उनले जनाए ।

स्वदेश फर्कन चाहनेलाई नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सलाई तयारी अवस्थामा राखेको बताए ।

इजरायलमा हाल चार हजार पाँच सय जना नेपाली केयर गिभरको रुपमा कार्यरत छन् । यस्तै, २६५ विद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा परी १० जनाको निधन भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट