राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित-Sutra News

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

मंगलबार, २३ असोज २०८०

मंगलबार, २३ असोज २०८०

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायल र प्यालेस्टिन चरमपन्थी समूह हमासबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमण स्थगित गरेका हुन् ।



उनी नेपाल भ्रमणका लागि असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो ।

“राष्ट्रसंघको महासचिवको नेपाल भ्रमण स्थगित भएको छ,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, “भ्रमण केही समयपछि हुने छ । मिति आपसी सल्लाहमा तय हुन्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो ।

तर, शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनले नेपाल भ्रमण तत्काललाई स्थगित गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट