इजरालयबाट स्वदेश फर्किन विमानमा चढे २५० नेपाली-Sutra News

इजरालयबाट स्वदेश फर्किन विमानमा चढे २५० नेपाली

बिहिबार, २५ असोज २०८०

बिहिबार, २५ असोज २०८०
फाइल तस्बिर

काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० नेपाली स्वदेश फर्किएका छन् । युद्ध क्षेत्रमा फसेका नेपालीलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।



उनीहरुलाई लिएर फर्किने विमान बिहीबार राति ९ बजेसम्म नेपाल आइपुग्नेछ । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद स्वयम् इजरायल पुगेका थिए ।

युद्धगस्त इजरायलबाट नेपाल फर्किन तीन सयभन्दा बढीले आवदेन दिएका थिए । जसमध्ये पहिलो चरणमा २५० फर्किन लागेका हुन् । बाँकी अर्को चरणमा पुनः फर्किनेछन् ।

सरकारले नेपाल आउन चाहने सबै नेपालीलाई जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट