एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ : ओली-Sutra News

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ : ओली

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताएका छन्।



शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

उनले जनवाद मात्र बुझ्ने, केन्द्रीयतालाई नबुझ्ने, पार्टीको नीति, विधि, संगठन संरचनाभित्र नबाँधिएको मानिस पार्टीमा अटाउन नसक्ने पनि बताए। अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ अनुशासन कायम नभए पार्टी जोगाउन नसकिने पनि चर्चा गरे। उनले भने, “पार्टी जीवनमा संगठन, नेतृत्वलाई मान्नुपर्छ । यो मान्दिन, ऊ मान्दिन भन्ने छुट कसैलाई छैन । पार्टीलाई पार्टीको ढंगले चलाउन अनुशासन चाहिन्छ, जनवादी केन्द्रीयता चाहिन्छ ।”

“केन्द्रीयता नभइ पार्टी हुन सक्दैन । केन्द्र नभई देशभरीको पार्टी के हुन्छ रु हरेक सदस्य ऊ आफै पार्टीको सिंगो रचना त हुन नसक्दैन नि । पार्टीको संरचनालाई स्वीकार गरिएन भने पार्टीका नीति र विधिहरुको पालना कसरी हुन्छ रु” उहाँले जिज्ञासा गर्नुभयो । पार्टीको संरचना नीति स्वीकार गर्नुपर्छ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट