कोशी प्रदेशले भोलि मात्र नयाँ मुख्यमन्त्री पाउने-Sutra News

कोशी प्रदेशले भोलि मात्र नयाँ मुख्यमन्त्री पाउने

शुक्रबार, २६ असोज २०८०

शुक्रबार, २६ असोज २०८०

काठमाडौँ।कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ ।



प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारीगरी भोलि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताहरुको सनाखत गराउने जानकारी गराएको हो ।

प्रदेश प्रमुखको कार्यालयले दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्ने सबै सदस्यलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ उपस्थित गराउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा नियुक्तिगरी प्रदेश सरकार गठन गर्न संविधानको धारा १६८ ९५० बमोजिम आव्हान गरेको समयभित्र प्रदेशसभा सदस्यहरु इन्द्रबहादुर आङ्बो र केदार कार्कीले ४७–४७ जना सदस्यको समर्थन रहेको छ ।

‘हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्तगरी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरुलाई प्रदेश प्रमुखको कार्यालयको सभा हलमा उपस्थित भइ सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ’ विज्ञप्तिमा उल्लेख छ ।

सरकार गठन गर्न कोशीको प्रदेश प्रमुख पर्शुराम खापुङले दिनुभएको समय सकिएलगत्तै मुख्यमन्त्री नियुक्तिको दाबी प्रस्तुत गर्नुभएका काँग्रेस सांसद केदार कार्कीसहित ४७ जना सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा भेला भएर प्रदेश प्रमुखलाई तत्काल मुख्यमन्त्री नियुक्त गर्न दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट