मुख्यमन्त्री कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिने-Sutra News

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिने

सोमबार, २९ असोज २०८०

सोमबार, २९ असोज २०८०

काठमाडाैं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् ।



जसका लागि उनले प्रदेशसभामा प्रस्ताव दर्ता गराइसकेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराएकाे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ । कार्की असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

एमालेका ३९ र कांग्रेसका ८ सदस्यकाे समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट