आज मिती २०८० साल असोज ३० मंगलबार। तदनुसार अक्टोबर महिनाको १७ तारिख २०२३, असोज शुक्ल पक्ष, तृतिया तिथी । आज बिहान ६ बजेर ४ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साँझ ५ बजेर ३३ मिनेटमा अस्ताउने छ ।
कसकाे दिन कस्ताे ?
मेष
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च भने बढाउन सक्छ। औपचारिकता र उपहारमा पनि अधिक खर्च हुनेछ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
वृष
ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। चुनौती चिर्दै फाइदा उठाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्।
मिथुन
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला।
कर्कट
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।
सिंह
मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बुद्धिको उपयोगले लाभ दिलाउनेछ।
कन्या
नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले सजग रहनुहोला।
तुला
बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्न सक्छ।
वृश्चिक
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्।
धनु
कामको राम्रै मूल्यांकन हुनेछ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछ। लगानीतर्फ लागत बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। छोटो समयमै उचित कर्मफल प्राप्त हुनेछ।
मकर
पछिका लागि गरिएको मेहनत र लगानीले भने अवश्यै फाइदा दिनेछ। व्यापार सामान्य रूपमा चल्नेछ। नियमित काम पनि सम्पादन हुनेछन्। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ।
कुम्भ
नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला। श्रम परे पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ।
मीन
काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।