मेष र धनुकाे दिन लाभदायक, अन्यकाे कस्ताे ?-Sutra News

मेष र धनुकाे दिन लाभदायक, अन्यकाे कस्ताे ?

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

आज मिती २०८० साल कार्तिक १ गते बुधबार । तदनुसार अक्टोबर महीनाको १८ तारीख २०२३ असोज शुक्ल पक्ष चतुर्थी तिथी । आज बिहान ६ बजेर ५ मिनेट जाँदा काठमाडाैं उपत्यकामा झुल्किएको घाम भरे साझ ५ बजेर ३२ मिनेटमा अस्ताउने छ ।



कुन राशिकाे दिन कस्ताे ?

मेष
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

वृष
विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। बलजफ्तीले समस्या निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्लान्।

मिथुन
काम रोकिनाले लक्ष्यप्राप्ति नहुन सक्छ। अरूका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ। अवसर प्राप्त भए पनि आंशिक उपलब्धि पाइनेछ।

कर्कट
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ।

सिंह
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला।

कन्या
शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा समेत कम मात्र फाइदा हुनेछ। न

तुला
विभिन्न अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा केही अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ।

वृश्चिक
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी थप्नुपर्ने हुन सक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनुपर्ला।

धनु
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। कामको राम्रै मूल्यांकन हुनेछ।

मकर
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो विषयवस्तुमा अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

कुम्भ
परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ। सामाजिक समस्या सुल्झाउने जिम्मेवारी आउन सक्छ। काम रोकिनाले मन खिन्न रहनेछ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ।

मीन
परिस्थिति केही असहज रहने समय छ। स्वास्थ्यका लागि आहार–विहारमा ध्यान दिनुपर्ला। विगतका कमजोरीमा क्रमशस् सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट