कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, राप्रपाबाहेकका सबै दलले सघाउने-Sutra News

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, राप्रपाबाहेकका सबै दलले सघाउने

बुधबार, १ कार्तिक २०८०

बुधबार, १ कार्तिक २०८०

काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन्। विश्वासकाे मत लिन बिहान ११ बजेका लागि प्रदेशसभाकाे बैठक बाेलाइएकाे छ ।



कार्की गत शनिबार एमालेका ३९ सांसद र कांग्रेसकाे आफूँ पक्षीय ८ सांसदकाे समर्थनमा मुख्यमन्त्री बनेका थिए । कांग्रेस नेता कार्कीले नियुक्तिको पाँच दिनमै प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासकाे मत दिने सम्भावना छ । राप्रपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरिसकेको छ।

अन्य दलले भने विश्वासकाे मत दिने बताइसकेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्दछ । प्रदेशसभामा एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा) को १ जना सांसद छन्। राप्रपाले नदिँदा पनि कार्कीकाे पक्षमा ८६ सांसदकाे समर्थन प्राप्त हुने देखिन्छ ।

दलहरूबीच कार्की नेतृत्वकाे सरकार कसकाे पक्षमा देखाउने भन्ने हाेडबाजी छ । जसकाे परिणाम कार्कीलाई सबै दलकाे समर्थन देखिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट