

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका छन् । बिहीबार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
निर्वाचनमा केसीले एक हजार ३७८ मत पाए । उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरकेले एक हजार २८१ र महेशकुमार श्रेष्ठले एक हजार २२५ मत पाए ।
एनआरएनएकाे ११ औँ विश्व सम्मेलनमा नेतृत्वका लागि केसी, श्रेष्ठ र शर्मा चुनावी मैदानमा थिए । अध्यक्ष पदका लागि रविना थापाले समेत उम्मेदवारी दिएपनि उनले आफ्नो उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेकी थिइन् ।
अन्य पदमा काे-काे ?
सम्मेलनबाट उपाध्यक्षमा डा. विनोद श्रेष्ठ, डा.हेमराज शर्मा, खगेन्द्र न्यौपाने, राजु रेग्मी, रामशरण सिंखडा र रोविनप्रसाद शेरचन निर्वाचित भएका छन् । यस्तै, युवा उपाध्यक्षमा रोशन थापा निर्वाचित भए भने महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएकी छन् ।
एनआरएनएकाे महासचिवमा गौरीराज जोसी निर्वाचित भएका छन् ।
यस्तै, उपमहासचिवमा सोम सापकोटा र प्रविन गुरुङ विजयी भएका छन् ।
६ सचिव पदमा भिम केसी कमल, डा. ज्ञानेन्द्र रेग्मी, मनोज कुमार श्रेष्ठ, डा. नवराज रोस्यारा, पारमणी पोखरेल र स्वतन्त्र प्रताप शाह विजयी भएका छन्।
महिला सचिवमा टिक गुरुङ, राधिका विजयी भइन् ।
संघको कोषाध्यक्षमा सुदन थापा विजयी भएका छन् ।
यस्तै, सहकोषाध्यक्षमा कृष्ण प्रसाद तिमल्सीना, अभिमन्यू बस्नेत र तिलक प्रसाद गैरे विजयी भए । यस्तै महिला सहकोषाध्यक्षमा अमृता थापा विजयी भइन् ।
यस्तै, अन्तराष्ट्रिय महिला संयोजकमा अनुजा प्रधान विजयी भइन्। संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ विजयी भए ।