स्वदेश फर्किएका गृहमन्त्री श्रेष्ठलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री प्रचण्ड-Sutra News

स्वदेश फर्किएका गृहमन्त्री श्रेष्ठलाई भेट्न निवासमै पुगे प्रधानमन्त्री प्रचण्ड

बुधबार, ८ कार्तिक २०८०

बुधबार, ८ कार्तिक २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।



पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

सो अवसरमा उनीहरुबिच समसामयिक विषयमा कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

जनवादी गणतन्त्र चीनका भ्रमणमा रहेका बेला यही कात्तिक १ गते उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।

उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर आज स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट