

काठमाडौं । सरकारी कार्यालयहरु आजदेखि खुल्ने भएका छन् । दसैँको अवसरमा सरकारले कर्मचारीहरुलाई कात्तिक ४ देखि बिदा दिएको थियो ।
सरकारी कार्यालय खुल्ने भएसँगै काठमाडौं भित्रिनेको संख्या बिहीबारदेखि नै बाक्लिएको थियो । जसको कारण काठमाडौं भित्रिने गाडीहरुको चाप बढेको थियो ।
बिहीबारदेखि नै काठमाडौंका कतिपय क्षेत्रमा सवारी जामसमेत सुरु भएको थियो ।
तथापी, पर्याप्त सवारी साधन सञ्चालन नभएको कारण कतिपय यात्रुहरु अझैपनि काठमाडौं भित्रन पाएका छैनन् ।
सरकारी कार्यालय खुलेपनि दसैँ भने अझै सकिएको छैन । परम्पराअनुसार पूर्णिमासम्म नै दसैँ टिका लगाउने चलन छ । भोलि पूर्णिमाका दिन दसैँ समापन हुनेछ ।