काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओली सिंहदरबार पुगेका थिए ।
दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै, दुई नेताबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको आसन्न नेपाल भ्रमणबारे पनि छलफल भएको जनाइएको छ ।
नेपालको शान्ति प्रक्रियाको विषयमा उठ्न सक्ने प्रश्नमा साझा धारणा बनाउन प्रचण्डले ओलीलाई बोलाएको बुझिएको छ ।