

काठमाडौं । मदिराले मातेर सर्वसाधारण महिलामाथि दुर्व्यवहार गरेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् । महिलामाथि दुर्व्यवहार गरेको उजुरीपछि उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर भट्टराईलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानिएको छ । उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जिम्मेवारी खोस्दै भट्टराईमाथि अनुसन्धान सुरु गरिएको जनाइएको छ । भट्टराईलाई दुव्र्यवहार गरिएको उजुरीका आधारमा कारबाही गरिएको थियो ।
यसअघि इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको भेटिएपछि भट्टराई काराबाहीमा परेका थिए ।