कांग्रेसको चियापानलाई रवीन्द्र मिश्रकाे व्यंग्य : ‘प्रचण्ड-चियापान’-Sutra News

कांग्रेसको चियापानलाई रवीन्द्र मिश्रकाे व्यंग्य : ‘प्रचण्ड-चियापान’

शनिबार, ११ कार्तिक २०८०

शनिबार, ११ कार्तिक २०८०

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको चियापानमाथि व्यंग्य कसेका छन् । उनले कांग्रेसकाे चियापानलाई ‘प्रचण्ड चियापान’काे संज्ञा दिएका छन् ।



सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘प्रचण्ड चिया खान जाँदै हुनुहुन्छ ?’ भन्दै यस चियापानकाे अर्थ नभएकाे टिप्पणी गरेका छन् ।

बीपीले सुरू गरेकाे चियापान अर्थपूर्ण थियाे भन्दै उनले गिरिजाप्रसादले कांग्रेसलाई माओवादीकरण गरेसँगै चियाकाे स्वाद पनि फेरिएकाे उनकाे टिप्पणी छ ।

‘‘बीपी-चिया’ बढो स्वादिलो र स्वस्थकर थियो, बीपीले स्थापना गरेको ‘बीपी-चिया’को ब्राण्डलाई उहाँका भाइ जीपले पहिलो जन-निर्वाचित राष्ट्रपति बन्ने लोभमा ‘प्रचण्ड-चिया’मा परिणत गरिदिनुभयो’, मिश्रले भनेका छन्, ‘‘प्रचण्ड-चिया’ एकदमै अस्वादिलो र अस्वस्थकर छ। तर पनि त्यो चिया पिउन मानिसहरूले मरिहत्ते गरेको देख्छु। आफ्नो र परिवारकै स्वास्थ्य र भविष्यलाई ख्याल नगर्नेसँग कसको के लाग्छ र!’

पछिल्लाे समय राजाकाे पक्षमा निकै वकालत गरिरहेका मिश्रले राजासहितकाे प्रजातन्त्र नै अनिवार्य रहेकाे बताउँदै कांग्रेस अन्यसँग मिलेर बीपीकाे पथ त्यागिसकेकाे बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट