आजदेखि सरकारी कार्यालय ४ बजेदेखि नै बन्द हुने-Sutra News

आजदेखि सरकारी कार्यालय ४ बजेदेखि नै बन्द हुने

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । आजदेखि सरकारी कार्यालयको सेवा ४ बजेदेखि नै बन्द हुने भएको छ। जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घन्टा कम हुने प्रावधानअनुसार सरकारी कार्यालय चाँडै बन्द हुने भएका हुन् ।



सरकारले राजपत्रमा सूचना प्रकाशित गरेरै कार्यालय समय तोक्छ। कात्तिक १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाको भन्दा एक घण्टा अघि हुने नियम छ।

यसैअनुसार, बिहीबारदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुनेछ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन्।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ। अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।

सरकारी कार्यालय बन्द हुने भएसँगै बैंक तथा वित्तीय संस्थाको समय पनि कम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट