आत्मसमर्पण गर्दै गर्दा रिगलले भने– फेरि न्याय पाउने आश छ-Sutra News

आत्मसमर्पण गर्दै गर्दा रिगलले भने– फेरि न्याय पाउने आश छ

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । सर्वोच्च अदालतको आदेशलगत्तै नेपालगन्जमा रहेका योगराज ढकाल ‘रिगल’ले प्रहरी प्रशासनसमक्ष आत्मसमर्पण गरे । प्रहरी प्रशासनसमक्ष आत्मसमर्पण गर्दै गर्दा रिगलले आफूले पुनः न्याय पाउने आशा राखेको बताएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।



“सम्मानीत अदालतले गरेको आदेशको उच्च सम्मान गर्दै, कानुनमाथि फेरि पनि विश्वास राख्दै, भोलि फेरि न्याय पाउनेछु भन्ने आशा राखेर म आफूलाई कानुनसमक्ष आत्मसमर्पण गर्न जाँदैछु”, उनले भनेका छन्, “मलाई लागेको दोषहरू के हुन्छ भनेर पछि छानबिन होला, आज सर्वोच्च अदालतको फूल बेन्चले जुन निर्णय गरेको छ, आफूलाई आत्मसमर्पण गर्न जाँदैछु।”

यसअघि पनि आफू निर्दोष हुँदाहुँदै फसेको उनको भनाई छ । उनले कानुनलाई सघाउनकै निम्ति यसअघि पनि प्रहरीसमक्ष आत्मसमर्पण गरेको बताएका छन् ।

“जुन २०७२ सालमा मलाई दोष लगाएर हिजोको दिनमा पनि मैले आत्मसमर्पण गरेर कानुनप्रति विश्वास राखेर जिल्ला अदालत बाँकेमा आत्मसमर्पण गरेको थिएँ, आज पनि म त्यहीँ जाँदैछु, म कानुनप्रति पूर्ण विश्वास राख्दछु”, ढकालले भनेका छन्।

रिगल संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए । तर, संविधान दिवसमा जेलमुक्त बनेका रिगललाई सर्वोच्च अदालतले पुनः पक्राउ गरी यसअघिकै आदेशअनुसार जेल भुक्तान गराउन बिहीबार आदेश गरेको थियो ।

जुन आदेशलगत्तै उनले प्रहरी प्रशासनसमक्ष आत्मसमर्पण गरेका छन् ।

सम्बन्धित समाचार

रिगलको कैद मिनाफा गर्ने सरकारकाे निर्णय बदर

रिगलले अझै करिब १२ वर्ष कैद भुक्तान गर्नुपर्ने

अदालतको आदेशलगत्तै नेपालगञ्जबाट पक्राउ परे रिगल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट