पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे !-Sutra News

पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे !

बिहिबार, १६ कार्तिक २०८०

बिहिबार, १६ कार्तिक २०८०

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता तारा बरालबीच बिहे गर्ने सहमति भएको छ।



चन्द डिर्भोसी हुन् भने बराल एकल महिला हुन् । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजातसमेत गरिएको छ । उनीहरूले कानुनी रुपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् ।

यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो।

उनीहरु दुबैले गरेको सहमतिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट भएको अर्नगल प्रचार गरी व्यक्तिगत, सामाजिक, पारिवारीक तथा राजनैतिक छविमा आँच पुर्याउने कार्य भएको भन्दै छिट्टै आवश्यक कागजपत्रसहित कानुनी विवाह गर्ने उल्लेख छ ।

वि.स. २०४१ सालमा शारदा चन्दसँग विवाह गरेका चन्दले २०६२ चैत्र २५ गते सडक दुर्घटनामा श्रीमतीको मृत्यु भएपछि एकल पुरुषको जीवन व्यतित गर्दै आएको सहमतिमा उल्लेख छ । त्यस्तै वि.स. २०५६ वैशाख ३ गते गणेश गौतमसँग विवाह गरेकी अभियन्ता बरालसमेत कार दुर्घटनामा श्रीमान्को मृत्युपश्चात एकल महिलाको जीवन व्यतित गर्दै आइरहेको सहमतिमा उल्लेख छ ।

यस्ताे छ विवाह गर्ने सहमति पत्र

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट