

काठमाडौं । सिंहदरबार परिसरभित्रका सम्पूर्ण कार्यालयहरु र आसपासका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले एक सूचना गर्दै शनिबार बिहान चार घण्टा सिंहदरबार परिसरभित्र र आसपासका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएकाे हाे ।
सूचनामा जनाइएअनुसार स्युचाटारदेखि सिंहदरबारसम्मको ६६ केभी लाइन मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएकाे हाे ।
प्राधिकरणले जनाएअनुसार सिंहदरबार परिसरभित्रका सबै कार्यालयहरु, जिल्ला प्रशासन कार्यालय बबरमहल, पुतलीसडक, बागबजार, कमलादी, हात्तीसार, डिल्लीबजार, असन, महाबौद्ध, जमल, घट्टेकुलो, अनामनगर, ज्ञानेश्वर, नक्शाल, सेतोपुल, रातोपुल क्षेत्रमा विद्युत आपूर्ति बन्द हुनेछ ।
यस्ताे छ सूचना