जाजरकोट भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने- हरसम्भव सहयोग गर्न तयार छौं-Sutra News

जाजरकोट भूकम्पप्रति दु:ख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले भने- हरसम्भव सहयोग गर्न तयार छौं

शनिबार, १८ कार्तिक २०८०

शनिबार, १८ कार्तिक २०८०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्प कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका हुन्।



उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ। भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले लेखेका छन्।

जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रूकुम पश्चिममा ठूलो क्षति पुगेको छ।

नेपाल प्रहरीले सार्वजनिक गरेको सूचनाअनुसार शनिबार बिहान सवा ८ बजेसम्म १२९ जनाले ज्यान गुमाएका छन्। यस्तै १४० जना घाइते समेत भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट