कोशी सरकारबाट बाहिरियो एमाले-Sutra News

कोशी सरकारबाट बाहिरियो एमाले

शनिबार, १८ कार्तिक २०८०

शनिबार, १८ कार्तिक २०८०

काठमाडौं । नेकपा (एमाले) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शनिबार एमालेले प्रदेश सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट बाहिरिएको हो ।



एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले पदबाट राजीनामा दिइसकेका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका थिए ।

मुख्यमन्त्रीले सहमतिअनुसार कदम नचालेको भन्दै सरकार छाडेको मन्त्री रानाको भनाइ छ।

मुख्यमन्त्री कार्कीले शुक्रबार मात्रै माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जगेबुलाई मन्त्री नियुक्त गरेका थिए। त्यसप्रति एमालेले गम्भीर असहमति जनाएको थियो ।

कार्कीले शुक्रबार सहमति बेगर माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागि गराएलगत्तै एमालेका नेताहरुले सरकारबाट बाहिरिने प्रतिक्रिया दिएका थिए ।

कार्की एमालेका ३९ सांसदको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका थिए । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेका छन्।

सम्बन्धित समाचार

गठबन्धनतिरै फर्किए कोशीका मुख्यमन्त्री, सरकारबाट बाहिरिने सोंचमा एमाले

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट