काठमाडाैं । नेपाली कांग्रेसको महासमिति बैठक दुई हप्ता पछि सरेको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक दुई हप्तापछि सार्ने निर्णय गरेको हो । कांग्रेसको महासमिति बैठक २९ मंसिरदेखि २ पुससम्म हुनेछ ।
महासमिति बैठकका लागि तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले १३-१७ मंसिरसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो ।
बैठकले भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नगर्न सरकारको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।