काठमाडाैं । सत्तारुढ माओवादी केन्द्रको मंसिर २२ देखि तय गरेकाे जनपरिचालनकाे कार्यक्रम स्थगित गरेको छ । जाजरकोट भूकम्पलाई मध्यनजर गर्दै जनपरिचालनका कार्यक्रम स्थगित गरेकाे माओवादी केन्द्रले जनाएकाे छ ।
यस्तै, चियापान लगायतका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव देव गुरुङले जानकारी दिए । तथापी, माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको उनले बताए ।
माओवादी केन्द्रले भूकम्प प्रभावित जिल्लाका खटिन सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।