काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार भेटमा नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको थियो ।
कोशीमा एमाले सत्ताबाट बाहिरिएसँगै केही अन्योलता देखिएको छ । बताइएअनुसार भेटमा कोशीको राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डले कोइरालालाई आइतबार नै भेट्न बोलाएका थिए । तर, दुवैको व्यवस्थापछि सोमबारका लागि समय मिलाइएको थियो ।