टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी शान्तिलाई माओवादीले गर्‍यो कारबाही-Sutra News

टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी शान्तिलाई माओवादीले गर्‍यो कारबाही

सोमबार, २० कार्तिक २०८०

सोमबार, २० कार्तिक २०८०

रूपन्देही । नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बराललाई कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।



टिकटकमा गोप्य अंग देखाएर भाइरल बनेकी बराललाई माओवादीले साधारण सदस्यबाट समेत हटाएको हो । उनी सो पार्टीको सैनामैना नगर कमिटीमा थिइन् ।

बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक/सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले सांस्कृतिक रूपान्तरणमा लागेको पार्टीमा यस्ता अनैतिक काम गर्ने छुट कसैलाई नभएको भन्दै बराललाई कारबाही गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट