प्रधानमन्त्रीले किन बाेलाए सर्वदलीय बैठक ?-Sutra News

प्रधानमन्त्रीले किन बाेलाए सर्वदलीय बैठक ?

मंगलबार, २१ कार्तिक २०८०

मंगलबार, २१ कार्तिक २०८०

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।



बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिलगायत दललाई बाेलाइएकाे छ ।

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले १५३ जनाको मृत्यु भइसकेको छ भने करिब ३५० जनाको हाराहारीमा घाइते भएका छन्। भूकम्पमा परी १७ हजार ७०० बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

प्रधानमन्त्रीले दलहरूसँग भूकम्पपछिकाे अवस्थाबारे सुझाव लिन बैठक बाेलाएकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट