काठमाडाैं । नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल ललितपुरमा बुधबार दिउँसो १२ बजेका लागि बैठक बाेलाइएकाे छ ।
बैठकमा जाजरकाेट भूकम्पपछि राहत तथा उद्दारकाे विषयमा छलफल हने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
साथै, सचिवालय बैठकले केन्द्रीय समिति बैठकको मिति समेत तय गर्न सक्ने बुझिएकाे छ । एमालेले मंसिरमा केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
साथै, बैठकमा मध्यपहाडी राजमार्गकेन्द्रित अभियानबारे छलफल हुने बताइएको छ। एमालेले मंसिरको दोस्रो साताबाट १ हजार ८७९ किलोमिटर लामो मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सञ्चालन गर्दै छ। अभियानमा जनप्रदर्शन, कोणसभा लगायतका गतिविधि गर्ने एमालेले बताएको छ।