काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चीन प्रस्थान गरेका छन् । बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणमा साताव्यापी भ्रमणको शिलशिलामा अध्यक्ष नेपाल चीन प्रस्थान गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालको भ्रमण टोलीमा उनीसहित १५ जनाको सहभागिता छ ।
चीन भ्रमणमा गएको नेपाली प्रतिनिधिमण्डलले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागिता जनाउनेछ । साथै, भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल हुने अध्यक्ष नेपालले जानकारी दिएका छन् ।
अध्यक्ष नेपालको टोली यही कात्तिक २८ गते स्वदेश फर्कनेछ ।