किन बालेनलाई भेट्न उनकै निवासमा पुगे गृहमन्त्री श्रेष्ठ ?-Sutra News

किन बालेनलाई भेट्न उनकै निवासमा पुगे गृहमन्त्री श्रेष्ठ ?

आइतबार, २६ कार्तिक २०८०

आइतबार, २६ कार्तिक २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौंका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । शनिबार गृहमन्त्री श्रेष्ठ मेयर बालेनलाई भेट्न उनकै निवास लाजिम्पाटमा पुगेका थिए ।



बालेन निवासमा गृहमन्त्रीलाई दिवाभोज गराइएको थियो । बालेन पत्नि सबिना काफ्लेले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीसँगको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्रीलाई लञ्चमा बोलाउन पाउँदा खुसी लागेको बताएकी छन् ।

स्वकीय सचिव सुशन कर्माचार्यासहित मेयरको सरकारी निवासमा पुगेका श्रेष्ठलाई मेयर शाह दम्पत्तीले स्वागत गरेका थिए । मेयर निवासमा खाना खाएर तिहारको शुभकामना साटासाट गरिएको थियो ।

गृहमन्त्री श्रेष्ठ र बालेनबीच पछिल्लो समय सम्बन्ध चिसिएको विश्लेषण गरिएको थियो । सिंहदरबारमा आगो लगाउने बालेनको चेतावनीपछि दुईबीच संवादसमेत हुन सकेको थिएन ।

बालेन पत्नि सबिना अस्पतालबाट फर्किने क्रममा ट्राफिक प्रहरीले रोकेपछि बालेनले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट